२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

एनसीसी बैंक र आगन्तुक रिसोर्टबिच सम्झौता

- विशेष खबर बुधबार २५, चैत २०७७ ०६:५९

एनसीसी बैंक र आगन्तुक रिसोर्टबिच सम्झौता

काठमाडाैं । नेपालको वित्तिय क्षेत्रमा  २५ वर्ष देखी सरल, सहज र भरपर्दो बैँकिङ सेवाप्रदानगर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजतप्राप्त एनसीसी बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदानगर्दे आएको छ ।

बैँकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन । 

हालै बागबजार, काठमाडौं स्थित एनसीसी बैंकको केन्द्रिय कार्यालय र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ । 

बैंक र रिसोर्टबिच एनसीसी बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । 

रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । 



 


#एनसीसी बैंक

प्रतिकृया दिनुहोस