२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

- विशेष खबर आइतबार २२, चैत २०७७ ०९:५६

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो ।


#नेकपा माओवादी केन्द्र

प्रतिकृया दिनुहोस