२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : दाहाल

- विशेष खबर मङ्गलबार १७, चैत २०७७ ०१:४६

अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताबद्ध भइसकेका दललाई पुरानै अवस्थामा फर्काउने अदालतको फैसलामा छिट्टै पुनरावलोकन भई यथार्थ कुरा बाहिर आउने बताएका छन् ।

नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध म‌ंगलबार पुनरावलोकनको निवेदन दर्ता गराएपछि उनले यस्तो धारणा राखेका हुन् ।

विगतमा पनि कतिपय फैसलामा टिप्पणी भई पुनरावलोकनको प्रश्न उठे पुनरावलोकन हुने गरेको दाहालले बताए । ‘केही पहिलाको फैसला पनि ताजा उदाहरण रहेको हामीलाई थाहा छ,’ उनले भने, ‘एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले सच्याउनेछ भन्ने हामीलाई विश्वास छ ।

दाहालले उक्त मुद्दा नामसम्बन्धी मात्र रहेको र निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहना नराखेको बताए । ‘नाम मात्रै करेक्सन होस् भन्ने निवेदकको माग थियो । निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पक्कै पनि पुनरावलोकन गर्छ, केही दिनभित्रै, यसमा ढिलो गर्नुपर्नेछैन,’ उनले भने ।

प्रतिनिधसभा पुन:स्थापनाको फागुन ११ को फैसला ऐतिहासिक भए पनि पार्टीको नामसम्बन्धी फागुन २३ को फैसला स्वाभाविक नलागेको उनले दोहोर्‍याए । ‘फैसलाअस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर असहमति जनाएका हौं । त्यसमा पुनरावलोकन गर्नुपर्‍यो भनेर निवेदन दर्ता गराएको छु,’ उनले भने ।


प्रतिकृया दिनुहोस