२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

अझै दुई साता हाम्रा लागि जोखिमपूर्ण हुन सक्छन्: प्रधानमन्त्री

मङ्गलबार २५, चैत २०७६ ११:५५

अझै दुई साता हाम्रा लागि जोखिमपूर्ण हुन सक्छन्: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि जोखिमपूर्ण भएको बताएका छन्।

मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले थप चनाखो हुन जरूरी भएको बताए।  ‘दुई सातादेखि देश लक डाउनमा छ। हामी सबैलाई थाहा छ यो अपरिहार्य कदम हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले सबैको सहयोगले अहिलेसम्म कोरोना भाइरसको संक्रमण ९ जनामा सीमित राख्न सकिएको बताए। ‘सरकारले ८ दिन लकडाउन थपेको छ। यस अवधिमा पनि तपाईंहरूको सहयोगका लागि आग्रह गर्छु,’ उनले भने।

'विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ। तत्काल क्वारेन्टाइनमा जानुस्। तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ,' उनले भने। संक्रमणको जोखिमलाई न्यून गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनको भनाइ थियो। भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीको भनाइ थियो।  


प्रतिकृया दिनुहोस