२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

मङ्गलबार २५, चैत २०७६ ०९:०६

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।


प्रतिकृया दिनुहोस