२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

आइतबार ०४, फागुन २०७६ ०९:४१

आज  पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डाै, आइतबार पहाडी क्षेत्रको एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार आइतबार अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

तर पहाडी क्षेत्रको मौसम पूर्णरुपमा नखुले पनि ठूलो पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अन्य ठाउँको मौसम भने सफा नै रहने मौसमविद् प्रधानाङ्गको भनाइ छ । 


#weather

प्रतिकृया दिनुहोस