२०८२ असार १८ गते बुधबार | 2 July, 2025

महाकालीमा जलयात्रा सुरु

मङ्गलबार १०, चैत २०७७ ०७:३७

महाकालीमा जलयात्रा सुरु

बैतडी । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार  विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । 

दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।  

जलयात्रा शुरु गर्न सके सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।

महाकाली नदी भारतसँग जोडिएकाले जलयात्रालाई निरन्तरता दिन सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए ।

सेरादेखि झुलाघाटसम्मको जलयात्रामा नगरपालिकाका प्रमुख थापा, उपप्रमुख चन्द, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द, रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशी, महिला सशक्तीकरण केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस