२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

मेसीकाे बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ६८औं खेल

एजेन्सी सोमबार ०९, चैत २०७७ ०९:१९

मेसीकाे बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ६८औं  खेल

म्याड्रिड । लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमानी ७ सय ६८औं खेल खेलेका छन् । उक्त खेलमा उनले २ गोल पनि गरे ।  बार्सिलोनाले स्पेनी ला लिगामा रियल सोसिडाडलाई सजिलै ६–१ ले हरायो ।

यस खेलपछि ३३ वर्षीय अर्जेन्टिनी खेलाडीले ज्याभीलाई उछिनेर बार्सिलोनाका लागि सर्वाधिक खेल्ने खेलाडी भएका हुन् । त्यस जितमा सर्जिनो डेस्टले पनि दुई गोल गरे भने एन्टोन ग्रिजमन र ओसमन डेम्बेलेले एक/एक गोल गरे ।


#बार्सिलोना #लियोनल मेसी

प्रतिकृया दिनुहोस