२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ सहयोग गर्ने

- विशेष खबर शुक्रबार ०६, चैत २०७७ १२:१७

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ सहयोग गर्ने
फाइल तस्बिर ।

काठमाडाैं । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए।

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए। उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए।

जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन्। गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।


#नवीन्द्रराज जोशी

प्रतिकृया दिनुहोस