२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियाे खनाल-नेपाल समूहकाे भेला

- विशेष खबर बिहिबार ०५, चैत २०७७ ०६:४०

१७ बुँदे प्रस्ताव पारित गर्दै  सकियाे खनाल-नेपाल समूहकाे भेला

काठमाडौं । नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको भेलाको दाबी छ ।

ओलीका विभिन्न गतिविधिप्रति दु:ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुन:स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरेको भेलाको निष्कर्ष छ । यस्तै, ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान गरेको छ । ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ ।

भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आव्हान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न पनि माग गरेको छ ।


#एमाले #खनाल-नेपाल समूह

प्रतिकृया दिनुहोस