२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्रधानमन्त्री ओलीविरुद्ध १० दिनभित्र अविश्वासकाे प्रस्ताव : महामन्त्री कोइराला

- विशेष खबर बिहिबार ०५, चैत २०७७ ०५:०४

प्रधानमन्त्री ओलीविरुद्ध १० दिनभित्र अविश्वासकाे प्रस्ताव : महामन्त्री कोइराला

विराटनगर । कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हप्तादेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताएका हुन् ।

कोइरालाले कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए । उनले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने बताए ।

 


#शशांक कोइराला

प्रतिकृया दिनुहोस