२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रालि बीच सम्झौता

- विशेष खबर बुधबार ०४, चैत २०७७ ०७:०३

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रालि बीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ्ग प्राइभेट लिमिटेडबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाहगर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि. काअध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका हुन् । 

समझदारी अनुसार बैंकले बोधि होल्डिङ्ग प्रा.लि.ले ओमसतिया ४, भैरहवामा निर्माण गर्ने आवासिय घर निर्माण परियोजना मार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै ग्लोबल आइएमई बैंक,बोधि होल्डिङ्ग प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


#ग्लोबल आइएमई बैंक

प्रतिकृया दिनुहोस