२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

बुधबार ०४, चैत २०७७ ०८:४७

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

काठमाडौँ । मस्तिष्क घात भई नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । 

हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा केही दिनको उपचारपछि सुधार आएको थियो । तर अवस्था पुन: बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस