२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

सोमबार ०२, चैत २०७७ १०:४५

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए ।

दलका नेताहरुलाई मंगलबार दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 


प्रतिकृया दिनुहोस