२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

माओवादी केन्द्र र जसपाका नेताबीच पेरिसडाँडामा छलफल जारी

- विशेष खबर शनिबार २९, फागुन २०७७ ११:५५

माओवादी केन्द्र र जसपाका नेताबीच पेरिसडाँडामा छलफल जारी

काठमाडौं । माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताबीच पेरिसडाँडामा छलफल सुरु भएकाे छ। जनता समाजवादी पार्टी (जसपा)का नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन् ।

जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।

माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन्। माओवादी स्थायी कमिटी बैठकलगत्तै पेरिसडाँडा पुगेका नेताहरूबीच भेटावार्ता जारी छ।

सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँ पुगेका हुन् । केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा जसपा निर्णायक शक्ति बनेको छ । जसपासँग संसदमा ३४ सिट छ ।


#माओवादी केन्द्र #जनता समाजवादी पार्टी

प्रतिकृया दिनुहोस