२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

संसद भवन पुगेका प्रधानमन्त्री संसद् बैठकमा नबसी बाहिरिए

- विशेष खबर बुधबार २६, फागुन २०७७ ०१:२७

संसद भवन पुगेका प्रधानमन्त्री  संसद् बैठकमा नबसी बाहिरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्। उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो।


प्रतिकृया दिनुहोस