२०८१ मङि्सर १२ गते बुधबार | 27 November, 2024

आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने

- विशेष खबर मङ्गलबार २५, फागुन २०७७ १०:५०

आज साँझ मन्त्रिपरिषद् बैठक  बस्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाइएका  छन्। एक मन्त्रीले दिएको जानकारीअनुसार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।

सर्वोच्च अदालतले  नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।

आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।


प्रतिकृया दिनुहोस