२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

- विशेष खबर आइतबार २३, फागुन २०७७ ०६:५४

फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । 

पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए। कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।


#प्रतिनिधि सभा #स्थगित

प्रतिकृया दिनुहोस