२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

अधिकांश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

बुधबार १९, चैत २०७६ ०७:१७

अधिकांश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना
फाइल तस्बीर ।

काठमाडौं । पश्‍चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताएका छन् । नगरकाेटीका अनुसार हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको छ ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

 


#माैसम

प्रतिकृया दिनुहोस