२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

संसद्‌मा कांग्रेसको नाराबाजी, बैठक १० मिनेट स्थगित

- विशेष खबर आइतबार २३, फागुन २०७७ ०६:००

संसद्‌मा कांग्रेसको नाराबाजी, बैठक १० मिनेट स्थगित

काठमाडौं। संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभामा नाराबाजी गरेको छ ।

आफ्नो दलको असहमतिका बीच सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश संसद्‌मा पेस गरेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गर्दै नाराबाजी गरेका हुन् । कांग्रेस सांसदले नाराबाजी गरेपछि जसपाका सांसदहरुले पनि साथ दिएका थिए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।


#संसद् बैठक

प्रतिकृया दिनुहोस