२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बैठक सुरू नहुँदै संसद् भवनबाट फर्किए प्रधानमन्‍त्री ओली

- विशेष खबर आइतबार २३, फागुन २०७७ ०५:१५

बैठक सुरू नहुँदै संसद् भवनबाट फर्किए प्रधानमन्‍त्री ओली

काठमाडाै ।.सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने भएका छन्।

संसद भवन नयाँ बानेश्वरमा संसद बैठक बस्न लागेको छ। बैठकका लागि संसद भवन पुगेका प्रधानमन्त्री ओली भने केहीबेर अघि नै संसद भवनाबाट निस्किसकेका छन्।

बैठक नै सुरू नभई प्रधानमन्त्री किन निस्कनु भयो भन्ने प्रश्नमा उनीनिकट सांसद सुवास नेम्वाङले पटक-पटक खबर गर्दा पनि सभामुखले बैठक सुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको बताए।

'आजको बैठक धेरैमा १५ मिनेट बस्ने हो। राष्ट्रपतिले बोलाएको समय ४ बजे नै बैठक सुरू हुनुपर्थ्यो,' नेम्वाङले भने,'त्यही भएर प्रधानमन्त्री ४ बजे नै आउनुभएको थियो। भित्र कुरेर उहाँले पटक-पटक सभामुखलाई बैठक सुरू गर्न खबर गर्नुभयो तर सभामुखले बैठक सुरू गर्नु भएन।'

संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले  सर्वोच्च अदालतको फैसला मान्ने तर पूर्ण पाठ हेर्न नपाएको प्रतिक्रिया दिएका थिए।


#प्रतिनिधि सभा बैठक

प्रतिकृया दिनुहोस