२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

सर्वोच्चबाट आएको फैसला अपेक्षा भन्दा फरक : दाहाल

- विशेष खबर आइतबार २३, फागुन २०७७ ०३:५३

सर्वोच्चबाट आएको फैसला अपेक्षा भन्दा फरक : दाहाल
फाइल तस्बिर ।

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन्।

संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताए।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।

नेकपामाथिको दाबी विवाद थप जटिल, ऋषि कट्टेलकाे नेकपाले पायाे आधिकारिकता


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस