२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

पुष्पकमल दाहाल नेकपा संसदीय दलको नेता चयन

- विशेष खबर शुक्रबार २१, फागुन २०७७ ०४:१६

पुष्पकमल दाहाल नेकपा संसदीय दलको नेता चयन

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन् । बानेश्वरमा शुक्रबार बसेको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

पुस ९ गते संसदीय दलको नेता चयन गरिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले फेरि उहाँलाई संसदीय दलको नेता चयन गरिएको हो', उनले भने ।

नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा दाहाल र नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् ।


प्रतिकृया दिनुहोस