२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बालुवाटार पुगे विप्लव

- विशेष खबर शुक्रबार २१, फागुन २०७७ ०२:४०

बालुवाटार पुगे विप्लव

आजै सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न  प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

शुक्रबार बिहान काठमाडौं आएका विप्लव दिउँसो निजी नम्बर प्लेटको गाडीमा बालुवाटार पुगेका हुन्। 

बालुवाटारमा छलफलपछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभा गृह जाने छन्। 

त्यहाँ सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रम छ। कार्यक्रममा दुबै जनाले सम्बोधन पनि गर्नेछन्।

विप्लव आजै नवलपुरबाट काठमाडौं आएका हुन्। 

सरकार विप्लवबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। 


प्रतिकृया दिनुहोस