२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

- विशेष खबर शुक्रबार २१, फागुन २०७७ ११:५४

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला  रिहा

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ ।

शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला पनि शुक्रबार बिहान रिहा भएका छन् ।

परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ ।


प्रतिकृया दिनुहोस