२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

काठमाडाैं पुग्दै विप्लव

शुक्रबार २१, फागुन २०७७ ११:४०

काठमाडाैं पुग्दै विप्लव

नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी शुक्रबार बिहान सार्वजनिक भएका हुन्।

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए।

बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् ।

सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुुगेकाे जनाइएको छ ।

देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गरेकाे प्रहरीले जनाएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनी नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गरेका हुन् ।  


प्रतिकृया दिनुहोस