२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

दाहाल - नेपाल समूहले बोलायो संसदीय दलको बैठक

- विशेष खबर शुक्रबार २१, फागुन २०७७ ११:०२

दाहाल - नेपाल समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् ।

नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ ।

 


प्रतिकृया दिनुहोस