२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

३० लाखभन्दा बढीले खाेले डिम्याट खाता

- विशेष खबर बुधबार १९, फागुन २०७७ ०७:४०

३० लाखभन्दा बढीले खाेले डिम्याट खाता

काठमाडौं । डिम्याट खाताको संख्या ३० लाख नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढ्दो छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) पछि सर्वसाधारणहरुको बजारमा आकर्षण ह्वात्तै बढेको हो ।

सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् ।

सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ ।

आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । सामान्य अर्थमा भन्नुपर्दा सेयर जम्मा गर्ने खाता नै डिम्याट खाता हो । बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ ।

डिम्याट खाता खोल्नेहरुको संख्या ३० लाख नाघे पनि दैनिक बजारमा कारोबार गर्नेहरुको संख्या भने अत्यन्तै कम छ । अहिले दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ४ लाख हाराहारीमा रहेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

आईपीओ भर्नेहरुकै कुरा गर्ने हो भने पनि हालसम्म १६ लाख हाराहारीले मात्रै आईपीओका लागि आवेदन दिने गरेका छन् ।


#डिम्याट

प्रतिकृया दिनुहोस