२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्‍ने

- विशेष खबर बुधबार १९, फागुन २०७७ ०४:४१

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्‍ने

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्‍ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उक्त बैठक बस्‍ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

दिउँसो १ बजे बस्‍ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव,विकासित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

 


#कांग्रेस संसदीय दल

प्रतिकृया दिनुहोस