२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

दाहाल-नेपालसमूहको निर्णय : नेम्बाङलाई स्थायी कमिटीबाट हटायाे, ५ केन्द्रीय सदस्य निष्कासन

- विशेष खबर बुधबार १९, फागुन २०७७ ०२:४९

दाहाल-नेपालसमूहको निर्णय : नेम्बाङलाई स्थायी कमिटीबाट हटायाे, ५ केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ । पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णयबाट दाहाल-नेपाल समूह पछि हटेको छ ।

त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठक दु:ख व्यक्त गरेको छ ।


#दाहाल–नेपाल ;समूह #नेकपा

प्रतिकृया दिनुहोस