२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

आइएमई अटोमोटिभ्सले बजारमा ल्यायाे एस्कर्ट्सको डीगम्याक्स थ्रीइ मसिन

- विशेष खबर मङ्गलबार १८, फागुन २०७७ ०४:१३

आइएमई अटोमोटिभ्सले बजारमा ल्यायाे एस्कर्ट्सको डीगम्याक्स थ्रीइ मसिन

काठमाडौं । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एस्कर्ट्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीगम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

नयाँ मसिन अत्याधिक कार्यक्षमता सहित डिजाईनमा अरुभन्दा फरक रहेको छ । अपरेटरलाई कामगर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ । डीगम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडीरहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ। रात्रीकालीन समयमा कामगर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ । 

अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएकाे छ ।अगाडी र पछाडी दुबैतिर क्याबिनको झयालखोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनिगर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।

सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीगम्याक्स थ्रीइचौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम (EMS)जडान भएको हुँदा अपरेटरले मसिन संचालनको क्रममामसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । 
 


#आइएमई अटोमोटिभ्स्

प्रतिकृया दिनुहोस