२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

केपी ओली बेइमानी गर्न नछोड्ने प्रतिक्रियावादी : दाहाल

- विशेष खबर सोमबार १७, फागुन २०७७ ०५:२६

केपी ओली बेइमानी गर्न नछोड्ने प्रतिक्रियावादी : दाहाल
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा सम्पूर्ण रुपमा पतन नहुञ्जेल बेइमानी र प्रतिक्रियावादी पात्र देखिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा सम्पूर्ण रुपमा पतन नहुञ्जेल बेइमानी र प्रतिक्रियावादी पात्र देखिएको बताएका छन्।

नेपाल कर्मचारी राष्ट्रिय महासंघको साधारणसभामा बोल्दै सोमबार दाहालले ओलीसँग कुनै पनि नैतिकता र इमान नरहेको बताए।

सर्वोच्च अदालतले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा आफैंले जितेजस्तो दम्भ देखाइरहेको दाहालले बताए।

‘संसारको परम्परा र नजिर हाम्रै अगाडि छ, यस्तो अलोकतान्त्रिक कदम खारेज भएपछि त राजीनामा दिनुपर्ने हो,’ दाहालले भने, ‘केपीजीको कुरा सुन्छु म, म झन् बलियो भएँ, जितेँ भनेजस्तो, हारेपछि बलियो हुने क्या, त्यस्तो नि हुन्छ?’

‘संकटकाल लगाएर देखाउने भन्नुभएको हो कि, उहाँ त सर्वोच्चले यति गरेपछि एक मिनेट पनि पदमा बस्न नहुने हो,’ दाहालले भने, ‘विश्व कम्युनिष्ट आन्दोलनको एउटा भनाइ छ- जनताको नियम र संघर्ष छन्, जतिबेलासम्म जित हुँदैन, संघर्ष हुन्छ, प्रतिक्रियावादीहरू सफल हुँदैनन्, जबसम्म पतन हुँदैनन्, बर्बर गर्न छोड्दैनन्, केपीमा पनि त्यही पतन नहुञ्जेल बेइमानी गर्न नछोड्ने प्रतिक्रियावादी पात्र छ।’

दाहालले पार्टी एकताको प्रसंग निकाल्दै ओलीमा इमानदारी, वैचारिक निष्ठा, जिम्मेवारीबोध केही पनि नरहेकाले उनीको बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा संघर्ष भएको बताए।

‘सचिवालयको बहुमतलाई निर्णय, स्थायी समिति,  केन्द्रीय समितिको बहुमतको निर्णयलाई नमान्ने। संसदको दुई तिहाइलाई पनि नमान्ने, निकै ठूलो प्रतिक्रान्तिकारी कदम चाल्नुभयो,’ दाहालले भने, ‘संविधान खारेज गर्नेसम्मको प्रतिगमनकारी कदम चाल्नुभयो।’


प्रतिकृया दिनुहोस