२०८२ असार २० गते शुक्रबार | 4 July, 2025

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला - प्रधानमन्त्री ओली

- विशेष खबर सोमबार १७, फागुन २०७७ ०३:४२

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्।

पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका छन्।

यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्।

‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।

तर यस्तो हुन नदिने उनले बताए। सतर्कता अपनाइने ओलीको भनाइ थियो।

‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्‍याउन हुन्न,’ उनले भने।

सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो।

‘विकासको बाटोमा तीब्र गतिले अगाडि बढेका छौं। त्यसैकारण देश, विदेशका तत्वहरू यस पार्टीलाई ध्वस्त पार्न कोशिस गरिरहेका छन्। लागेका छन्,’ उनले भने।

उनले आफूमाथि प्रहार भइरहेको उल्लेख गर्दै थपे, ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले र सरकार ठिक ढंगले चलाइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ। तपाईंहरूले देख्नुभएको छ- सम्पूर्ण रूपमा ममाथि प्रहार अत्यन्तै तीब्र गतिले केन्द्रीत छ।’


प्रतिकृया दिनुहोस