२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

दाहाल -नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने

- विशेष खबर सोमबार १७, फागुन २०७७ ११:४७

दाहाल -नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ।

सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकको मिति भने तय भइसकेको छैन।

‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ। र साथसाथै निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामिले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ,’ श्रेष्ठले भने।

सोही बैठकले नेकपाको आधिकारिकताबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने  निर्णय पनि गरेको छ। प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको बैठक बसी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउने र उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। आयोगले यो निर्णयलाई मान्यता दिएको थिएन। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले छलफल र परामर्श गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक केही दिनलाई स्थगित गरेको थियो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।


प्रतिकृया दिनुहोस