- विशेष खबर शुक्रबार १४, फागुन २०७७ ०७:३३
काठमाडाैं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।
प्रतिकृया दिनुहोस