२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

- रासस शुक्रबार १४, फागुन २०७७ ०३:२९

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । साथै सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो । सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।

बिहीबारमात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए ।


प्रतिकृया दिनुहोस