२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ

- विशेष खबर शुक्रबार १४, फागुन २०७७ ०१:१४

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो ।

कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले ननाएको छ । महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

आईपीओमा आवेदन दिएकामध्ये मात्र २ प्रतिशत लगानीकर्ताले आईपीओ हात पारेका छन् । महिला लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको हो ।

३ हजार ३५३ आवेदकको आवेदन भने रद्द भएको कम्पनीले जनाएको छ ।  आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो । जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्द गरिएको हो । लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

आईपीओ बाँडफाँट भएपनि नतिजा हेर्न भने समस्या भएको छ । यसअघि आईपीओको नतिजा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुने गरेको थियो ।

तर, धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले संचारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएपछि नतिजा हेर्न समस्या आएको छ । मेरो शेयरको वेवसाइट र एप्स, निष्कशनकर्ता कम्पनी र शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइटबाट मात्र हेर्न मिल्छ ।

उच्च ट्राफिकका कारण यी तीन वटै साइट चल्न सकेका छैनन् । क्षमता सुधार नगरी सञ्चारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् ।


प्रतिकृया दिनुहोस