२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

एक साता लकडाउन थप्न उच्च स्तरीय समितिकाे सिफारिस

आइतबार १६, चैत २०७६ ०४:०४

एक साता लकडाउन थप्न उच्च स्तरीय समितिकाे सिफारिस

काठमाडौं।  काेराेना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको हो ।

आजै बस्‍ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ।  बैठकले विपन्‍नलाई  राहत वितरण गर्न पनि सरकारालई सिफारिस गरेको छ।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। सरकारलेे यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि देशभर लकडाउन हुनेछ।


#लकडाउन

प्रतिकृया दिनुहोस