२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

अस्पतालबाट बाबुरामकाे ट्वीट,'सर्वाेच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो'

- विशेष खबर मङ्गलबार ११, फागुन २०७७ ०७:२१

अस्पतालबाट बाबुरामकाे ट्वीट,'सर्वाेच्चले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो'

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनाता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

उपचारका लागि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्सबाट ट्वीट गर्दै भट्टराईले 'सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको' बताएका हुन् ।

उनले भनेका छन्,'कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !'


#बाबुराम भट्टराई

प्रतिकृया दिनुहोस