२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

सर्वोच्च अदालतको निर्णयले व्यवस्थाप्रतिकाे भरोसा जगायाे : गगन थापा

- विशेष खबर मङ्गलबार ११, फागुन २०७७ ०७:०९

सर्वोच्च अदालतको निर्णयले व्यवस्थाप्रतिकाे भरोसा जगायाे : गगन थापा

काठमाडौं । कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेर सर्वोच्च अदालतले राजनीतिलाई ट्रयाकमा ल्याइदिएको बताएका छन् । थापाले भने, 'सर्वोच्च अदालतको निर्णयले राजनीतिमात्रै ट्रयाकमा फर्किएको छैन व्यवस्थाप्रतिकै भरोसा जगाइदिएको छ ।'

'यो संविधानको पालना र कार्यान्वयन गर्ने जिम्मा पाएको कार्यकारी चुक्दा र राष्ट्रपतिले त्यसलाई सच्च्याउने आफ्नो जिम्मेवरी वहन गर्न चुक्दा संविधानमाथि आघात भएको थियो । सर्वोच्चले आफ्नो दायित्व निर्वाह गर्दा संविधानको जित भएको छ,' थापाले भने ।

उनले सर्वोच्चको यो आदेशले अब आउने प्रधानमन्त्रीलाई पनि स्वेच्छाचारी बन्न रोक्ने बताए ।

उनले बल संसदमा फर्किएको भन्दै दलहरुले अब देशलाई सुझबुझ पूर्णरुपले अघि लैजानुपर्ने बताए । 'साथै संविधान उल्लंघन गर्ने अपराधीले उन्मुक्ति पाउनु हुँदैन । राष्ट्रपतिले पनि दायीत्व निर्वाह गर्न असक्षम भएको भनेर यति धेरै प्रश्न आए त्यसलाई पनि सहजतापूर्वक बिर्सन सकिदैन,' थापाले भने ।


#गगन थापा #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस