२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

- विशेष खबर आइतबार ०९, फागुन २०७७ १२:०३

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस