२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण

- विशेष खबर बिहिबार ०६, फागुन २०७७ ०४:४१

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222  मोडल बसकाग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वतर सार्क राष्ट्रका रिजनलम्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमाउक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।

च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्यदिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदाज्यादै खुशीलागेको बताउँदै आफ्नाग्राहक हरुसँग प्रत्यक्ष अन्तरक्रियागर्न पाउनु कम्पनीकालागि अर्को महत्त्वपूर्ण प्रगतीभएको उल्लेख गरे । नेपालमा VIKING 222 को बजारलाई अझै बिकास गर्दै आक्रमकबनाउन सहयोग गर्नु भएकोमा ग्राहकहरुलाई प्रेसिडेन्टसंजयलेधन्यवाददिएका छन् । साथै आगामी दिनहरुमा VIKING 222 लाई अझै बढीप्रवद्र्घन गरी सहयोग गर्न समेत संजयले अनुरोध गरे । 

VIKING 222, रुट बसमाचल्ने बस मध्ये सबैभन्दा धेरै रुचाईएको बस हो । यसमाइनलाईन फ्युलपम्पहुनुका साथै एचसिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबै भन्दाकम मर्मत खर्च लाग्छ । VIKING 222  माओभर ड्राईभ गियर बक्सले कामगर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रागर्न सकिन्छ । रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको छ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING का गाडीहरु चल्दै आएका छन्। अत्याधिकमागअनुसार कम्पनीले ग्राहकवर्गहरुलाई बिशेष सर्भिस पनिदिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदासजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।


#आइएमई ग्रुप #आइएमई मोटर्स प्रालि

प्रतिकृया दिनुहोस