२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कांग्रेसले सबै जिल्लामा आज प्रदर्शन गर्दै, शीर्ष नेताहरू काे कहाँ ?

सोमबार ०३, फागुन २०७७ १०:२६

कांग्रेसले सबै जिल्लामा आज प्रदर्शन गर्दै, शीर्ष नेताहरू काे कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमविरुद्ध कांग्रेसले जिल्लाहरूमा विरोध प्रदर्शन गर्न लागेको हो ।

गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङ, सहमहामन्त्री प्रकाशशरण महत धादिङ, नेता रमेश लेखक बैतडीकाे सभालाई सम्बोधन गर्नेछन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । साेमबार हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।


प्रतिकृया दिनुहोस