२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

नेकपा दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

- विशेष खबर आइतबार ०२, फागुन २०७७ ०४:४७

नेकपा दाहाल–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यसअघि काठमाडौं केन्द्रीय आन्दोलनका कार्यक्रम गरेको दाहाल–नेपाल समूले चौथौं चरणका कार्यक्रम प्रदेश र जिल्ला स्तरीय केन्द्रित छन् ।

संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध कार्यक्रम रहेको छ । फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म सार्वजनिक स्थलमा हस्ताक्षरको कार्यक्रम रहेको छ । यो समूहले फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

फागुन ९ गते प्रतिगमन, महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध गर्ने भएको छ ।

फागुन १२ गते चितवन, फागुन २१ गते दाङ् र जनकपुर, नेपालगञ्जलगायतका सहरहरुमा विरोध प्रदर्शन हुने भएको छ । फागुन १४ गते काठमाडौंमा युवा र्‌याली र फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम गर्ने संघर्ष समितिले बताएको छ । यो समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो ।


#नेकपा दाहाल–नेपाल समूह

प्रतिकृया दिनुहोस