२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

महिलालाई विदेश जान स्थानीय तहकाे सिफारिस !

बिहिबार २९, माघ २०७७ ०७:१७

महिलालाई विदेश जान स्थानीय तहकाे सिफारिस !

काठमाडौँ । अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि–२०६५ संशोधनको मस्यौदा तयार पारेको छ ।

गन्तव्य मुलुकमा आफन्त/नातागोता नभएका, पहिलो पटक अफ्रिकी र खाडी मुलुक जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने प्रावधान राखेर विभागले कार्यविधि संशोधन गर्न लागेको हो । विभागले संशोधनका लागि मस्यौदा एक साताअघि गृह मन्त्रालयमा पठाएको छ ।

संविधानमा उल्लिखित स्वतन्त्रता र समानतालगायत नागरिकका मौलिक हकसम्बन्धी प्रावधानकै प्रतिकूल हुने गरी विभागले महिलालाई विभेदकारी व्यवस्था गर्न लागेको हो । 

त्यही प्रस्तावमा यसरी भिजिट भिसामा जानेले अनिवार्य रूपमा १५ लाख बराबरको निर्जीवन बिमा पनि गरेको हुनुपर्ने उल्लेख छ । विभागको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भए यसले लैंगिक विभेदसम्बन्धी विवाद निम्तिने देखिएको छ । यसले नागरिकका संवैधानिक हकअधिकारमा समेत अंकुश लगाउन खोजिएको हो कि भन्ने आशंका पनि जन्माएको छ ।

याे समाचार कान्तिपुर दैनिकमा छ । 


#विदेश

प्रतिकृया दिनुहोस