२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

- विशेष खबर सोमबार २६, माघ २०७७ ०७:४३

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको  पुष्टि भएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको बताएका हुन् ।

‘सोमबार लिखित पोष्टमार्टम रिपोर्ट आइसकेको छ, बलात्कारपछि हत्या भएको देखिएको छ’, डीआईजी सुवेदीले भने ।

उनले सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप परीक्षण भइरहेको जानकारी दिए। ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौं,’ सुवेदीले भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ।’

पोष्टमार्टम रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ ।

शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन् । त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताए । ‘शव भेटिए वरपरको स्थानमा झाडी मासिएकाले पनि त्यसलाई पुष्टि गरेको छ’, एक प्रहरी अधिकृतले भने ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए ।

विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा भट्टकाे शव भेटिएको थियो । 

याे पनि पढ्नुहाेसः कहाँ पुग्याे भागरथी हत्या घटनाकाे अनुसन्धान ?


#बलात्कार #भागरथी भट्ट #बैतडी

प्रतिकृया दिनुहोस