२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

प्रदेश १ : नेकपा विवादले अझै सुरु भएन प्रदेशसभा बैठक

- विशेष खबर आइतबार २५, माघ २०७७ ०२:३८

प्रदेश १ : नेकपा विवादले अझै सुरु भएन प्रदेशसभा बैठक

विराटनगर । आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ प्रदेशसभाकाे बैठक अझै सुरु हुन सकेको छैन। ११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो। 

मुख्यमन्त्री शेरधन राईविरूद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक कतिबेला सुरु हुन्छ भन्ने यकिन नभएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए। 

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने भन्दै अडान  लिइरहेको छ। अर्को पक्ष भने अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ। 

 


#प्रदेशसभा #प्रदेश १

प्रतिकृया दिनुहोस