२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

तेस्रो जनआन्दोलन सुरु भयाे : गृहमन्त्री थापा

- विशेष खबर शुक्रबार २३, माघ २०७७ ०२:१०

तेस्रो जनआन्दोलन सुरु भयाे  : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा उनले अब तेस्रो जनआन्दोलनको थालनी भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’ अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरे ।

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी सुरु गरेको बताएका छन् ।

त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांशाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘अहिले केही व्यक्तिले मांशाहारी आन्दोलन गर्ने भनेका छन् । म ती व्यक्तिलाई भन्न चाहन्छु, हाम्रो संविधान र कानुनले त्यस्ता आन्दोलनलाई बन्देज लगाएको छ । त्यस्ता मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको जू मा लगेर बन्द गरिनेछ ।’

 


प्रतिकृया दिनुहोस