२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भोलि निर्धक्कसाथ यातायात, पेसा, व्यवसाय सञ्‍चालन गृह मन्त्रालयको आग्रह

- विशेष खबर बुधबार २१, माघ २०७७ ०८:२९

भोलि निर्धक्कसाथ यातायात, पेसा, व्यवसाय सञ्‍चालन गृह मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले बिहीबार निर्धक्क र पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय  सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सवैधानिक निकायमा सार्वजनिक सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा दाहाल नेपाल समूहले भोलि बिहीबार आम हड्तालको घोषणा पछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएका हुन् ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ ।'

आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधमा संलग्नमाथि कारबाही गर्ने गृहको चेतावनी दिएको छ ।


#गृहमन्त्रालय

प्रतिकृया दिनुहोस