२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

दाहाललाई लिखित जवाफ पेस गर्न सर्वोच्चकाे आदेश

- विशेष खबर बुधबार २१, माघ २०७७ ०३:५८

दाहाललाई लिखित जवाफ पेस गर्न सर्वोच्चकाे आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । 

दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि 'हेर्न नभ्याइने' भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।


#पुष्प कमल दाहाल #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस